शुक्रबार, माघ ४, २०८१
07:19 | १३:०४

युक्रेन आक्रमण ‘दु:खद गणना’ हुने प्रधानमन्त्री जोनसनको चेतावनी

रासस-एएनआई फ्रेब्रवरी ३, २०२२

लन्डन—बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणको विरुद्ध चेतावनी दिदै यो “दु:खद गलत गणना” हुने बताएका छन् ।

जोनसनले पुटिनसँगको फोनका क्रममा चेतावनी दिएका हुन्। उनले रुसी राष्ट्रपतिलाई युक्रेनको सिमानामा रहेका १ लाख सैनिकलाई लिएर गहिरो र चिन्तित भएको एनएचके वर्ल्डले रिपोर्ट प्रस्तुत गरेको छ। 

बेलायती अधिकारीहरूले एक विज्ञप्ति जारी गर्दै नेताहरूले  उत्तेजना कसैको हितमा छैन भन्ने सहमति जनाएका उल्लेख गरिएको छ ।

जोनसनले युक्रेनले चाहेको खण्डमा नेटोको “रक्षात्मक गठबन्धन” मा सामेल हुन आवेदन दिने पूर्ण अधिकार रहेको र रुससँगको गतिरोधमा भएको कुनै पनि वार्तामा कीभलाई समावेश गर्नुपर्नेमा जोड दिए ।

उनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको वार्तापछि चेतावनी दिँदै कीभको भ्रमण सीमामा रुसी सेनाले युक्रेनको लागि “स्पष्ट र वर्तमान खतरा” को प्रतिनिधित्व गरेको अल जजीराले जनाएको छ।

यसैबीच, रूसी अधिकारीहरूले उनीहरूको चिन्ताका लागि नेटोको प्रतिक्रिया अपर्याप्त भएको भन्दै टिप्पणी गरेका छन् ।

युक्रेनलाई लिएर रुस र पश्चिम बीचको तनाव निर्माण भइरहेको छ । पश्चिमले मस्कोलाई आफ्नो पश्चिमी समर्थक छिमेकीमाथि आसन्न आक्रमणको तयारी गरेको आरोप लगाएको छ।

रुसले युक्रेन आक्रमण गर्ने कुनै योजना नभएको बताएको छ। रूसले युक्रेनलाई नेटोमा सामेल हुन नदिने र पूर्व-सोभियत ब्लकमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धन विस्तारबिरूद्ध अन्य सुरक्षा ग्यारेन्टीहरूको शृङ्खलाको माग गरिरहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू