शुक्रबार, माघ ४, २०८१
15:02
|
२०:४७
भारतमा प्रधानमन्त्री आवास योजना अन्तर्गत थप ८० लाख घर बनाइने
रासस/एएनआई
फ्रेब्रवरी १, २०२२
नयाँ दिल्ली, १८ माघ–भारतमा प्रधानमन्त्री आवास योजना अन्तर्गत नयाँ आर्थिक बर्षमा ८० लाख घर बनाइने घोषणा गरिएको छ ।
अर्थमन्त्री निर्मला सितारमणले मंगलबार प्रस्तुत गरेको नयाँ आर्थिक बर्षको बजेटमा ८० लाख घर बनाइने उल्लेख गरिएको हो ।
प्रधानमन्त्री आवास योजनाका लक्षित व्यक्तिहरुको पहिचान गरी उनीहरु लाभान्वित हुनेगरी घर हस्तान्तरण गरिने उनले जानकारी दिइन् । यस्ता घर ग्रामीण तथा सहरी दुवै क्षेत्रमा निर्माण गरिने बजेट भाषणमा उल्लेख छ ।
ती घर निर्माणका लागि अर्थमन्त्री सितारमणले ४८ हजार करोड बजेट छुट्याएको जानकारी दिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५