शुक्रबार, माघ ४, २०८१
14:54 | २०:३९

रुसले युक्रेनमा आक्रमण नगर्ने, अमेरिकी धम्की सामना गर्न तयार

रासस-सिन्हवा फ्रेब्रवरी १, २०२२

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भेसिली नेभेजियाले रुसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन् । उनले सोमबार भने– युक्रेनको सीमाक्षेत्र नजिकै तर रुसको भूभागमा रुसले गरेका सैनिकहरुको तैनाथलाई कतिपय पश्चिमा देशहरुले रुसले आक्रमण गर्नका लागि त्यहाँ सेना राखेको भनेर प्रचार गरेका छन् ।

तर आफ्नो सीमा क्षेत्रमा राखेका सेना रुसले आफ्नै भूभागतर्फको सुरक्षाका लागि मात्र रहेको पनि राजदूत नेभेजियाले बताए । यसरी आफ्नो भूभागमा सेना राख्दैमा त्यसलाई आक्रमण नै गर्न लाग्यो भन्नु पश्चिमा देशहरुले रुसमाथि लगाएको आरोपमात्र भएको उनले टिप्पणी गरे ।

युक्रेनको सीमा क्षेत्रमा रुसले केही महिनादेखि ठूलो संख्यामा सेना तैनाथ गरेको जनाएको छ । तर ती सेना रुसले युक्रेनलाई आक्रमण गर्नका लागि राखेको भन्दै अमेरिका र बेलायतले त आफ्ना नागरिकलाई युक्रेनबाट स्वदेश फिर्ता पनि बोलाएका छन् ।

अमेरिका र बेलायतमा युक्रेनमा रहेको आफ्नो दूताबासका कर्मचारीलाई फिर्ता बोलाएका छन् । साथै ती देशले अत्याबश्यक कामबाहेक युक्रेनको भ्रमणमा पनि नजान आफ्ना नागरिकलाई भनेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू