शुक्रबार, माघ ४, २०८१
07:38 | १३:२३

वित्तिय परामर्शदाता दर्लामी पहिलो नेपाली चार्टर्ड फाइनान्सियल एडभाइजर

नेपाली लिङ्क जनवरी ३१, २०२२

लन्डन । बेलायतका एकजना अनुभवी वित्तीय परामर्शदाता मीन दर्लामीमगर चार्टर्ड फाइनान्सियल एडभाइजर बन्न सफल भएका छन् ।

फाइनान्सियल एडभाइजर दर्लामी हालै लन्डन इन्स्टिच्यूट अफ फाइनान्स एण्ड बैंकिङबाट परीक्षा उत्तीर्ण गरी चार्टर्ड फाइनान्सियल एडभाइजर बन्न सफल भएका हुन् ।

दर्लामीले पेन्सन ट्रान्सफर, ट्याक्स इफिसियन्ट इन्भेष्टमेन्ट एण्ड स्टेट प्लानिङ र इन्भेष्टमेण्टमा विशेष दक्षता हासिल गरेका छन् ।

उनी सम्भवतः बेलायतको पहिलो नेपाली चार्टर्ड फाइनान्सियल एडभाइजर भएका बताइएको छ ।

चार्टर्ड फाइनान्सियल एडभाइजर बनेपछि सेवाग्राहीप्रति अतिरिक्त जिम्मेवारी र प्रतिवद्धता थपिएको उनले बताए । यस्तै सेवाग्राहीहरुले चार्टर्ड एडभाइजरको विशेषज्ञता र बृहत्तर जानकारीसहितको वित्तीय योजना तथा सल्लाह अझै ढुक्क भएर आफूसित सेवा लिन सक्ने दर्लामीले बताए ।

फाइनान्सियल प्लानिङमा एडभान्सड डिप्लोमा गरी सम्बन्धित प्रोफेसनल्स् निकायको सदस्य भएको र कम्तीमा पाँच वर्षको पेशागत अनुभव भएको व्यक्तिले चार्टर्ड फाइनान्सियल एडभाइजरको अध्ययन गर्न पाउँछन् ।

वित्तीय क्षेत्रमा कुनै पनि विषयमा विशेषज्ञता हासिल गर्न उक्त कोर्स अध्ययन गरिन्छ । चार्टर्ड उपाधि पाउनका लागि निकै कडा परीक्षा पार गर्नुपर्ने हुन्छ । चार्टर्ड एडभाइजरलाई राम्रो जानकारीसहितको वित्तीय योजना तथा सल्लाहका लागि विश्वसनीय मानिन्छ ।

दर्लामी सन् २०१५ मा नै फाइनान्सियल एडभाइजर बनेका थिए । उनी लण्डनमा रहेको ए स्टार फाइनान्सियल सोलुसन्स् सर्भिसेजका प्रवन्ध निर्देशक हुन् ।

सो कम्पनीमार्फत उनले इन्स्योरेन्स, पेन्सन, मोर्गेज (रेसिडेन्सियल र कमर्सियल दुवै) तथा विल, बिज्नेस प्रोटेक्सन, इन्कम प्रोटेक्सन एण्ड फ्यामिली इन्कम बेनिफिट्स र इन्भेष्टमेण्ट लगायत विषयमा परामर्श दिँदै आएका छन् ।

टप टेन एडभाइजरमा ह्याट्रिक

यसैबीच, दर्लामी लगातार तेस्रो वर्ष टप टेन एड्भाइजर अवार्डबाट सम्मानित भएका छन् ।

बेलायतको फाइनान्सियल नेटवर्क क्षेत्रमा प्रतिष्ठित संस्था न्यू लिफ डिस्ट्रिव्यूसन लिमिटेडबाट उनी उक्त अवार्डले सम्मानित भएका हुन् ।

न्यू लिफको मातहतमा बेलायतमा सयौं वित्तीय, मोर्गेज एण्ड प्रोटेक्सन सल्लाहकार कार्यरत छन् ।

दर्लामीले सन् २०१९, २०२० र २०२१ मा लगातार सो अवार्ड पाएका हुन् । यस्तै, उनले सन् २०२१ का लागि प्रोटेक्सन क्षेत्रमा टप एडभाइजरको अवार्ड पनि पाएका छन् । यस्ता अवार्डले आफूलाई थप जिम्मेवार बनाएको दर्लामीले बताए ।

गुल्मी भार्सेमा जन्मिएका दर्लामी भार्से उच्च माध्यमिक विद्यालयबाट स्कुल तहको अध्ययन सकेपछि उच्च शिक्षाका लागि काठमाण्डौंमा आए । सन् १९९७ मा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर (एमए) गरेपछि दर्लामी सन् १९९९ मा ट्राभल एण्ड हस्पिटालिटीमा पोस्ट ग्रयाजुएट गर्न स्वीट्जरल्याण्ड गए । सन् २००१ मा साइप्रसबाट एमबीए उत्तीर्ण गरेपछि उनी नेपालको पर्यटन बजार सम्बन्धमा विद्यावारिधि (पिएचडी) गर्न यूके आएका थिए । तर, उनले यूकेमा प्रोफेशनल प्रोजेक्ट एण्ड प्रोग्राम म्यानेजमेन्ट कोर्स गरे ।

त्यसपछि उनी बिजनेश कार्यक्रम तथा प्रोजेक्ट व्यवस्थापनतिर संलग्न रहे । केही समय कलेज व्यवसायको समेत अनुभव लिएका दर्लामीले सन् २०१२ मा बेलायतमा शुरु गरेको ए स्टार फाइनान्सियल सोलुसन्स युके (शुरुवातको एक्सेस फाइनान्सियल सर्भिसेस) ले एक दशकको यात्रा पूरा गरिसकेको छ ।

लन्डन हयाङ्गर लेनमा मुख्य कार्यालय रहेको ए स्टारले आसफोर्ड, फार्नबोरो, रेडिङमा पनि शाखा खोलेर सेवा दिंदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू