शुक्रबार, माघ ४, २०८१
06:37 | १२:२२

बेलायतमा मुक्तक दिवस मनाइँदै

नेपाली लिङ्क जनवरी ३१, २०२२

लण्डन  । नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले फेब्रुअरी १ तारिख मंगलबार मुक्तक वाचन कार्यक्रम गरि मुक्तक दिवस मनाउने भएको छ । 

वि.स. २०७० माघ १८ को पोखरा घोषणापत्र जारी भएर नेपाली मुक्तकले तुकबन्द चार हरफे मुक्तक संरचनाको बाटो अंगालेपछि मुक्तक लेखनमा ऐतिहासिक परिवर्तन ल्याउन सफल दिनको सम्मानमा उक्त दिनलाई नेपाल मुक्तक प्रतिष्ठानले मुक्तक दिवसको रुपमा मान्ने निर्णय गरेको हो ।

सो निर्णय अनुसार २०७७ बाट आधिकारिक रुपमा मुक्तक दिवस मनाउन शुरु भएकोले यस पालि दोश्रो मुक्तक दिवस मनाउने तयारी भएको छ । 

नेपाल मुक्तक प्रतिष्ठान केन्द्र तथा स्वदेश र विदेशमा स्थापित सम्पूर्ण शाखाहरुले माघ १८ मा मुक्तक दिवस मनाउने निर्णय भए अनुसार बेलायत शाखाले पनि उक्त दिन ग्रिनिच समय अनुसार सांझ ५ बजे देखि कार्यक्रम गर्दै छ ।  

कार्यक्रममा शाखाका अध्यक्ष दुर्गा प्रसाद पोखरेलको सभापतित्व, गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीको प्रमूख आतिथ्य, अनेसास यूकेकी अध्यक्ष लारा तथा साहित्य चौतारी यूकेका संयोजक वासु शर्माको विषेश आतिथ्य रहने कार्यक्रम संयोजक डा. रुपक श्रेष्ठले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू