बिहीबार, मंसिर १३, २०८१
03:34
|
०९:१९
हुथीले लियो युएइ मिसाइल हमलाको जिम्मेवारी
रासस-सिन्ह्वा
जनवरी ३१, २०२२
साना । यमनका हुथी विद्रोहीहरुले युनाइटेड अरब इमिरेट्स, युएइमा गरेको मिसाइल हमलाको जिम्मेवारी लिएको छ । हालैमात्र यमनको युएइको सीमा क्षेत्रनजिकै मिसाइल हमला भएको थियो ।
हुथी विद्रोहीहरुले सञ्चालन गरिरहेको अल मासिराहा टेलिभिजनमार्फत् उनीहरुले सो हमलाको जिम्मेवारी लिएका हुन् । आइतबार मध्यराति सो टिभीमार्फत् हुथी विद्रोहीका एकजना कमाण्डरले उक्त क्षेत्रमा गरेको हमलामा आफूहरु जिम्मेवार रहेको बताएका हुन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ