शनिबार, माघ ५, २०८१
19:51 | ०१:३६

इटालीका राष्ट्रपति माटारेल्ला दोस्रो कार्यकालका लागि निर्वाचित

रासस–एएनआई/स्पुतनिक जनवरी ३०, २०२२

इटालीका राष्ट्रपति सर्जियो माटारेला (दायां) । तस्बिर सिन्हवा

रोम (इटाली), १६ माघ–इटालीका राष्ट्रपति सर्जियो माटारेल्ला आठौं चरणको निर्वाचन नतिजा अनुसार दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । उनको कार्यकाल फेब्रुअरी शुरुमा सकिँदै छ ।

मतगणना जारी रहंदा माटारेल्लाले जितका लागि आवश्यक ५०५ मतको बहुमत प्राप्त गरिसकेका छन् ।

इटालीका प्रधानमन्त्री मारियो ड्राघी र सत्तारुढ दलका नेताहरूले ८० वर्षीय माटारेलालाई दोस्रो सात वर्षको कार्यकालका लागि पद स्वीकार गर्न अपील गरेपछि यो नतिजा सम्भव भएको हो । यद्यपि माटारेल्लाले दोस्रो कार्यकालका भने लागि चासो देखाएका थिएनन् ।

यसअघि शनिबार माटारेल्लाले संसदीय नेताहरूको एक प्रतिनिधिमण्डल भेट गरेपछि परिस्थितिलाई ध्यानमा राख्दै फेरि देशको नेतृत्व गर्न तयार रहेको घोषणा गरेका थिए । यस अघि जारी सात चरणको मतदानले परिणाम ल्याउन सकेको थिएन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू