शुक्रबार, माघ ४, २०८१
22:13 | ०३:५८

नेपालमा घट्दैछ संक्रमण, एकैदिन पाँच हजार बढी संक्रमणमुक्त 

रासस जनवरी २८, २०२२

काठमाडौँ– छ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १९ हजार ८६९ परीक्षण गर्दा छ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या ८९ हजार ९४१ पुगेको छ ।

एकैदिन पाँच हजार ४३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने सङ्ख्या आठ लाख ४२ हजार ३३६ पुगेको छ । यो दर ८९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा १० जनाको संक्रमणका कारण निधन भएको जानकारी दिए । अहिलेसम्म ११ हजार ६९७ को संक्रमणका कारणले निधन भएकोे छ ।

यस्तै ५०० भन्दा बढी संक्रमण भएको जिल्ला २० पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासीपूर्व, तनँहु, बाके, रुपन्देही, दाङ र कैलाली रहेका छन् । २०० भन्दा बढी संक्रमित भएका १८ जिल्ला छन् ।

ती जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी पश्चिम, सुर्खेत र कञ्चनपुर रहेका छन् ।

हाल होम आइसोलेशनमा ८८ हजार ०८४, संस्थागत आइसोलेशनमा एक हजार ८५७, आइसियुमा २५६ र भेन्टिलेटरमा ४५ को उपचार हुँदैछ ।

विगत २४ घण्टामा आज एक लाख २८ हजार ५६३ जनाले खोप लगाएका छन् ।

यस्तै अहिलेसम्म कोरोना भाइरस विरुद्धको बुस्टर डोज दुई लाख ९९ हजार नौ मात्रा लगाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू