शुक्रबार, माघ ४, २०८१
22:05 | ०३:५०

बेलायतको राजदूत नियुक्त भए ज्ञानचन्द्र आचार्य

नेपाली लिङ्क जनवरी २८, २०२२

काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन् । 

राष्ट्रपतिले आज उनलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

राजदूत आचार्य कूटनीतिक ज्ञान र अनुभव भएका व्यक्ति हुन्। विगतमा उनी मुलुकको परराष्ट्र सम्बन्ध सञ्चालनमा प्रत्यक्ष संलग्न भइसकेका छन्।

आचार्य पूर्व परराष्ट्र सचिव (सन् २००७ देखि सन् २००९) हुन्। आचार्य सन् २०१२ देखि सन् २०१७ सम्म संयुक्त राष्ट्रसंघीय उपमहासचिव बनेका थिए।

२९ वर्ष नेपालको परराष्ट्र सेवामा बिताएका आचार्य संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग न्यूयोर्कमा सन् २००९ देखि सन् २०१२ सम्म स्थायी प्रतिनिधि थिए।

उनी सन् २००३ देखि सन् २००७ सम्म संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग जेनेभामा स्थायी प्रतिनिधि थिए।

उनले सन् २०१७ मा प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू