शनिबार, माघ ५, २०८१
19:54 | ०१:३९

सिरियामा सयौं लडाकूले गरे आत्मसमर्पण   

रासस-एएनआई जनवरी २६, २०२२

फोटो बीबीसी

दमासकस- सिरियामा आतङ्ककारी घोषणा गरिएको समूह इस्लामिक स्टेट (आइएस) का ५०० भन्दा बढी लडाकूहरुले आत्मसमर्पण गरेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार उनीहरुले सिरियाली सुरक्षा फौज समक्ष आत्मसमर्पण गरेका हुन् ।

“आत्मसमर्पण गर्ने विद्रोही लडाकूहरुको सङ्ख्या ५५० भन्दा धेरै छ,” एक सरकारी अधिकारीले भने । आत्मसमर्पण गरेका सवै लडाकूहरु कारागारमा राखिएका थिए ।

यही जनवरी २० मा लडाकूहरुले अल हासाकाहमा रहेको अल सिनाअ कारागारमा आक्रमण गरेका थिए । त्यही बेलामा धेरै लडाकूहरुलाई सरकारी फौजले समातेर कारागारमा राखेको थियो ।

लडाकूहरुले जेलमा आक्रमण गर्दा लडाकू र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भिडन्त पनि भएको थियो । लडाकूहरुसँग भिड्नका लागि १० हजार सरकारी सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो । लडाकू र सुरक्षाकर्मीहरुबीच देशका विभिन्न ठाउंमा अहिले पनि बेला बेलामा भिडन्त हुने गरेकाले हजारौं मानिस विस्थापित भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू