हिमपातपछि टर्कीको राजधानीमा निजी यातायात सञ्चालनमा रोक
इस्तानबुल, ११ माघ– टर्कीको राजधानी इस्तानबुलमा मंगलबारदेखि निजी यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ ।
देशको सवैभन्दा ठूलो सहरसमेत रहेको इस्तानबुलमा व्यापक हिमपात भएकाले यातायातका साधान सञ्चालन रोकिएको हो ।
मंगलबार विहान जारी गरिएको वक्तव्यमा इस्तानबुलका गभर्नर अली येर्लिकायाले सार्वजनिक यातायात मात्रै सञ्चालन हुन दिन आग्रह गरेका छन् ।
हिमपातले बाटोहरु पुरिएकाले थोरै थोरै मात्रै खुलाउन सकिएको र थोरै मात्रै खुलाउदा साघुरो भएको बाटोमा सार्वजनिक यातायात मात्रै चलाउने व्यवस्था गरिएको उनको भनाइ छ ।
हिमपातका कारण साघुरो भएको बाटोमा निजी यातायातका साधन चलाउदा सार्वजनिक यातायातका साधन चल्न नमिल्ने भएकाले निजीलाई प्रतिवन्ध लगाइएको गभर्नर ऐर्लिकायाले स्पष्ट पारे ।
स्तानबुलमा मात्रै एक करोड ६० लाख मानिस बसोवास गर्दछन् । सोमबार निजी र सार्वजनिक दुवै सवारी साधनहरु चलाउन खोज्दा बाटोमा समस्या भएर हजारौँ मानिस लामो समयसम्म सडकमै रोकिनु परेको थियो ।
हिमपातका कारण पाँच हजार मानिस विस्थापित भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । तीमध्ये तीन हजार मानिस आफ्नो घरमा बस्न नसकेर होटल, गेस्ट हाउस र विभिन्न शिविरहरूमा पुगेका छन् ।
त्यसैगरी स्तानबुलबाट हुने उडान पनि बन्द गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५