शनिबार, माघ ५, २०८१
20:39 | ०२:२४

अमेरिका–चीन वार्तामा राष्ट्रसंघ 
प्रमुखको जोड

रासस–एएनआई जनवरी २२, २०२२

तस्विर सिन्हवा

न्यूयोर्क अमेरिका, ८ माघ–संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न आह्वान गरेका छन् ।

चीनसँग वाशिंगटनको वर्षौं पुरानो प्रविधि विवादका विषयमा प्रश्न गर्दा गुटेर्रेसले आफू सधैं एकीकृत विश्व बजार र एकीकृत विश्वव्यापी अर्थतन्त्रको आवश्यकताको पक्षमा रहेको बताएको सिन्ह्वाले उल्लेख गरेको छ ।

‘मैले धेरै पटक भनेको छु कि हामीले संसारलाई दुई भागमा विभाजन गर्नबाट जोगिन आवश्यक छ, प्रत्येकको आफ्नै आर्थिक प्रणाली र नियमहरूको सेट, प्रत्येकको आफ्नै प्रभावशाली मुद्रा, प्रत्येकको आफ्नै इन्टरनेटको साथ र प्रत्येकको आफ्नै प्राविधिक रणनीति एवं कृत्रिम बुद्धिमत्ताको साथ हुनुपर्छ’ महासचिवले पत्रकार सम्मेलनमा बताए ।

सिन्ह्वाका अनुसार गुटेरेसले विश्वका दुई ठूला अर्थतन्त्रहरूलाई वार्ताको माध्यमबाट व्यापार र प्रविधिमा साझा आधार खोज्न आह्वान गरेका छन् ।
‘अब, यो स्पष्ट छ कि वर्तमान समयमा धेरै भिन्नता छन् र मैले अमेरिका र चीन दुवैसँग गम्भीर संवाद र वार्ताको महत्त्वमा वकालत गरिरहेको छु’- महासचिवले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू