शनिबार, माघ ५, २०८१
20:45 | ०२:३०

भारतमा एकैदिन तीन लाख १७ हजार भन्दा बढी संक्रमित

रासस-एएनआई जनवरी २०, २०२२

नयाँ दिल्ली, ६ माघ– भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख १७ हजार ५३२ जना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै आइरहेको अधिकारीहरुले जनाएका छन् ।

गत २४ घण्टामा परिक्षण गरिएका मध्ये १६.४१ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको जनाइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १९ लाख २४ हजार ५१ छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट दुई लाख २३ हजार ९९० जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५८ लाख ७ हजार २९ पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३.६९ प्रतिशत रहेको जनाइएको छ ।

पछिल्लो एक दिनमा ४९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८७ हजार ६९३ छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ९३ लाख भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ ।

यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५९ करोड ६७ लाख भन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू