स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत
मस्को–रूसमा विकसित स्पुत्निक–भी खोप कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टविरुद्ध प्रभावकारी हुने खोप निर्माता कम्पनीले दावी गरेको छ ।
स्पुत्निक–भी खोपको निर्माता कम्पनी गामलेय रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्डर जिन्ट्सवर्गले मंगलबार स्पुत्निक–भी उपचारमा ७५ प्रतिशत सफल रहेको दावी गरेका हुन् ।
जिन्ट्सवर्गले रोसिया सेगोन्या प्रेस सेन्टरमा भने, “रूसमा स्पुत्निक–भी खोप ओमिक्रोनविरूद्धको असर न्यूनिकरण गर्न ७५ प्रतिशत सफल पाइएको छ ।”
गामालेयाका प्रमुखले अगाडि भने, “यदि कुनै व्यक्तिले छ महिनामा स्पुत्निकको ‘लाइट बुस्टर’ मात्रा लिएमा यसको प्रभाबकारिता शतप्रतिशत रहने तर यदि ‘लाइट बुस्टर’ खोप नलगाएमा पनि ५७ प्रतिशतसम्म प्रभाबकारी रहने अनुसन्धानले देखाएको छ ।”
अन्य भेरिएन्टको तुलनामा ओमिक्रोनविरुद्ध स्पुत्निक–भी नियन्त्रणका लागि प्रभावकारिता आठ गुणा घटेपनि अझै ओमिक्रोनविरूद्धको सुरक्षाका लागि यो खोप पर्याप्त हुने जिन्ट्सबर्गले बताए ।
ओमिक्रोनको प्रभाव न्यूनीकरणका लागि अन्य खोपहरूको प्रभावकारिता २१ गुणासम्म कम रहने पुष्टि भइसकेको उनले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५