बिहीबार, मंसिर १३, २०८१
13:35
|
१९:२०
पर्यटन मन्त्री आलेलाई कोरोना संक्रमण
रासस
जनवरी १७, २०२२
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टी भएको छ । आज गरिएको कोरोना परीक्षणकाक्रममा मन्त्री आले संक्रमित भएको पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री आलेसहित उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । हाल दुवैजना निवासमै आइसोलेशनमा बसेका छन् ।
मन्त्री र स्वकीय सचिवको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन र कोरोना जाँच गर्न आग्रह गरिएको सचिवालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ