शनिबार, माघ ५, २०८१
23:28 | ०५:१३

शीतकालीन ओलम्पिकअघि अमेरिकाले चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने

रासस– एएनआई जनवरी १५, २०२२

तस्विर एएफपी

वासिङ्टन अमेरिका, १ माघ–बेइजिङले सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमण देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने जनाएको छ ।

बेइजिङ शीतकालीन ओलम्पिक अघि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडानहरू नहुने सम्भावना रहेको सीएनएनले बताएको छ ।

‘जनवरी १९ मा शुरु भएर कम्तिमा दुई हप्तासम्म संयुक्त राज्य अमेरिकाबाट चीनका लागि हुने सबै उडानहरू या त रद्द गरिएका छन् वा चिनियाँ उड्डयन नियमहरूका कारण निलम्बित हुने सम्भावना छ’- सीएनएनले जनाएको छ ।

शुक्रबारसम्म केवल दुई उडान अझै पनि त्यो अवधिको लागि सञ्चालन गर्न योग्य देखिन्छन् । ती मध्ये एक युनाइटेड एयरलाइन्ससंग हुनेछ।

बेइजिङ शीतकालीन खेलहरू फेब्रुअरी ४ मा शुरु हुनेछ र सहभागीहरूले प्रायः ओलम्पिकमा सहभागिताका लागि विशेष उडान लिइरहेका छन् ।

जुनदेखि चीनको नागरिक उड्डयन प्रशासनले अन्तरराष्ट्रिय उडानहरूमा तथाकथित ‘सर्किट ब्रेकर’ नियम लागू गरेको छ । त्यस नियमको अर्थ हो यदि पाँच वा बढी यात्रुहरूले चीनमा अवतरण गर्दा कोरोना परीक्षण पोजेटिभ देखिएमा उडान दुई हप्ताको लागि स्वचालित रूपमा निलम्बित हुन्छ । यदि १० वा बढी यात्रुहरूमा पोजेटिभ देखिएमा निलम्बन अवधि बढ्छ।

चीनले आफ्नो ‘सर्किट–ब्रेकर’ नियमहरूलाई ‘महामारीको सीमापार फैलावटको जोखिम कम गर्न महत्त्वपूर्ण कदम’ भनेर बचाउ गरेको छ । ‘खुला र निष्पक्ष उपायहरू चिनियाँ र विदेशी एयरलाइन्स दुवैमा समान रूपमा लागू हुन्छन्’, विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले अगस्टमा भनेका थिए।

डिसेम्बर २४ देखि जनवरी १२ सम्म चीनका लागि प्रस्थान गर्ने ९,३५६ अन्तरराष्ट्रिय उडानहरू मध्ये एक तिहाइ भन्दा बढी रद्द गरिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू