शुक्रबार, माघ ४, २०८१
13:54
|
१९:३९
लन्डनका समाजसेवी तिमल्सेना सम्मानित
नेपाली लिङ्क
जनवरी १३, २०२२
लन्डन । धादिङ नुवाकोट समाज यूकेले लन्डनस्थित समाजसेवी तथा व्यवसायी कृष्ण तिमल्सेनालाई सम्मान गरेको छ । समाजले बेलायतको नेपाली समुदायमा तिमल्सेनाले गरेको निस्वार्थ सेवाका लागि एक कार्यक्रम गरि सम्मान गरेको हो ।
सम्मान अर्पण गर्दै समाजका अध्यक्ष धन तामाङले तिमल्सेनाले आफ्नो जिल्लावासीलाई मात्र नभएर समस्त बेलायत र नेपालकै हितका लागि अहोरात्र च्यारिटी कार्य गरेको बताउंदै तिमल्सेना जस्तो व्यक्ति सल्लाहकारका रुपमा पाउनु समाजका लागि ठूलो सम्पत्ति भएको बताए ।
तिमल्सेनाले सम्मान गरेकामा समाजप्रति आभार व्यक्त गर्दै यसले आफ्नो निस्वार्थ समाजसेवामा थप प्रेरणा मिल्ने बताए ।झण्डै दुई दशकदेखि लन्डनमा बसोवासरत तिमल्सेना एनआरएनए युरोप उपसंयोजक हुन् । उनी बेलायत र नेपालमा कयौं व्यवसाय र संघसंस्थामा आवद्ध छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५