पूर्वराजा पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न जाँदा घन्कियो ‘गणतन्त्र मुर्दावाद’


काठमाडौँ। पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
मंगलबार उनले सिंहदरबारको पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा पुगेर माल्यार्पण गरेका हुन् ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसहित विभिन्न राजनीतिक दलका नेता, मन्त्रीले पनि माल्यार्पण गरेका थिए ।
पूर्वराजा सिंहदरबार पुग्दा उनका समर्थकहरुको ठूलो भीड जम्मा भएको थियो । उनीहरुले ‘गणतन्त्र मुर्दावाद’ भन्दै नारा समेत लगाएका थिए ।
यसअघि पूर्वराजा ज्ञानेन्द्रले पनि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै गणतान्त्रिक व्यवस्थाले नेपाली जनताको पक्षमा काम नगरेको असन्तुष्टि पोखेका थिए ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा मङगलबार सिंहदरबारको पश्चिम द्वारस्थित शालिकमा पुष्पहार अर्पण गर्न आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुभेच्छुकद्धारा स्वागत गरिँदै । तस्बिर- प्रदीपराज वन्त, रासस
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५