नेदरल्याण्डमा नयाँ सरकार गठन, रुट्टे चौंथो पटक नेतृत्वमा
द हेग, २६ पुस– नेदरल्याण्डमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकारका पदाधिकारीहरूलाई सोमबार शपथ ग्रहण गराइएको छ ।
नेदरल्याण्डका राजा विलिम एलेक्जेण्डरले नयाँ गठबन्धन सरकारलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
नयाँ सरकारको नेतृत्व पनि मार्क रुट्टेले गरेका छन् । उनले योसँगै चौथो पटक सरकारको नेतृत्व गरेका हुन् ।
गत मार्चमा निर्वाचन भए पनि २९९ दिनपछि मात्रै नयाँ सरकार गठन भएको समाचारमा जनाइएको छ ।
नयाँ सरकार चार पार्टीको गठबन्धनले बनाएको हो । प्रधानमन्त्री रुट्टेको पिपल्स पार्टी फर फ्रिडम एण्ड डेमोक्रेसी, क्रिश्चियन डेमोक्रेटिक अपिल, द डेमोक्रेट्स ६६ र क्रिश्चियन युनियन गरी चार पार्टी गठबन्धनमा छन् ।
शपथ ग्रहण समारोह द हेगस्थित राजदरबारमा आयोजना गरिएको थियो । तर नयाँ अर्थ मन्त्री सिग्रिड काग भने शपथ ग्रहण समारोहमा सहभागी भएकी थिइनन् ।
गठबन्धनमा आवद्ध द डेमोक्रेट्स ६६ को नेतृसमेत रहेकी काग कोरोनाभाइरसबाट संक्रमित भएकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नपाएकी हुन् ।
उनलाई राजाले भिडियोमार्फत शपथ ग्रहण गराए । राजाले मन्त्रीलाई भिडियोमार्फत शपथ ग्रहण गराइएको नेदरल्याण्डको इतिहासमा यो नै पहिलो घट्ना भएको जनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५