भारतीय संसद्का ४ सय बढी कर्मचारीमा कोभिड संक्रमण
नयाँ दिल्ली, २५ पुस–भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।
अधिकारीहरूका अनुसार कर्मचारीलाई मंगलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त संक्रमण देखिएको हो । संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन् । एक स्थानीय समाचार एजेन्सीले जनाएअनुसार १,४०९ संसद् कर्मचारी मध्ये ४०२ जनामा संक्रमण पुष्टि भएको छ ।
‘जनवरी ४ देखि जनवरी ८ सम्म गरिएको परीक्षणमा ४०२ कर्मचारीमा संक्रमण देखिएको छ । ती सबै नमूनाहरू ओमिक्रोन भेरियन्ट कन्फर्मेसनको लागि जीनोम सिक्वेन्सिङमा पठाइएको छ’, एक अधिकारीले भने । संसद्का कर्मचारीको आन्तरिक सन्देशमा कर्मचारीलाई सरकारको निर्देशनअनुसार सावधानी अपनाउन सुझाव दिइएको प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय सञ्चारमाध्यममा उद्धृत गरिएको आन्तरिक सन्देशमा भनिएको छ, “लोकसभाका २०० र राज्यसभाबाट ६९ जना र १ सय ३३ सहयोगी कर्मचारीको परीक्षण पोजेटिभ देखिएको छ।