शुक्रबार, माघ ४, २०८१
13:57 | १९:४२

डलर अकाउन्टबारे अर्थमन्त्री र गभर्नरसंग एनआरएनए यूकेको अन्तरक्रिया

नेपाली लिङ्क जनवरी ९, २०२२

लन्डन –– गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल सरकारले हालै गैर आवासीय नेपाली (एनआरएन) हरुलाई विभिन्न सुविधा सहित डलर खाता खोल्न दिने भनी गरेको निर्णयबारे जानकारी दिन एक उच्चस्तरीय कार्यक्रम आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रमलाई अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले सम्वोधन गर्ने एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले जनाए ।

गैर आवासीय नेपालीहरुका लागि विदेशी मुद्रामा खाता खोल्न 
दिनुपर्ने मुद्दामा लामो समयदेखि लबी गरिरहेका संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले पनि वेबिनारलाई सम्बोधन गर्ने छन्।

सोमबार (१० जनवरी) यूके समय १२:१५ बजे शुरु हुने उक्त कार्यक्रममा सहभागी भइ आफ्नो जिज्ञासा तथा प्रश्नहरु राख्न एनआरएनए यूकेले सबैलाई आग्रह गरेको छ ।

एनआरएनए एनसीसी अमेरिका, अष्ट्रिया, अस्ट्रेलिया, कतार, क्यानडा, स्पेन, दक्षिण कोरिया तथा दक्षिण अफ्रिका उक्त कार्यक्रमको सह-आयोजक छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू