शुक्रबार, माघ ४, २०८१
13:38
|
१९:२३
नेपालमा बढ्दै कोरोना, थप ९४४ मा संक्रमण
रासस
जनवरी ८, २०२२
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार २६४ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
यससँगै नेपालमा पिसीआर परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३१ हजार ७४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमितको सङ्ख्या ९७ हजार ८९ पुगेको छ । पछिल्लो समय थप २९७ जना कोरोनाबाट निको भएका छन् ।
यससँगै कोरोनाबाट मुक्त हुने सङ्ख्या आठ लाख १४ हजार ६ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा दुई लाख बढीले लगाए खोप
पछिल्लो समय दुई लाख ४३ हजार ४६० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ६ हजार १४० छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । यस रोगबाट हालसम्म शुक्रबारसम्ममा मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०२ पुगेको छ ।
कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । हाल होम आइसोलेशनमा रहनेको सङ्ख्या पाँच हजार ६३१ छ । संस्थागत आइसोलेशनमा ५०९, आइसीयूमा ८१ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५