बिहीबार, मंसिर १३, २०८१
08:28
|
१४:१३
कजाकिस्तानमा शान्ति पुनःस्थापित भएको राष्ट्रपतिको दाबी
रासस/एएफपी
जनवरी ७, २०२२
मस्को, २३ पुस–कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले एक दिनको ठूलो दंगापछि क्रमशः शान्ति पुनःस्थापित भएको बताएका छन् ।
‘कानून प्रवर्तन संयन्त्र र बलहरूले कडा परिश्रम गरिरहेका छन्। संवैधानिक व्यवस्था मुख्यतया सबै क्षेत्रहरूमा पुनस्थापित गरिएको छ’, राष्ट्रपतिको टिप्पणी छ ।
‘आतंकवादीहरूको पूर्ण विनाश नभएसम्म’ सुरक्षा अभियान जारी रहने पनि उनले उद्घोष गरेका छन् ।
२६ ‘सशस्त्र अपराधी’ मारिए
कजाकिस्तानको आन्तरिक मन्त्रालयले शुक्रबार दिन जारी अशान्तिको क्रममा २६ ‘सशस्त्र अपराधी’ मारिएका र १८ जना घाइते भएका बताएको छ ।
मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा कजाकिस्तानका सबै क्षेत्रहरू मुक्त र बढ्दो सुरक्षामा लिइएको छ, देशभर ७० जाँच चौकी स्थापना गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ