शनिबार, माघ ५, २०८१
01:43 | ०७:२८

कजाकिस्तानको दङ्गामा १,००० भन्दा बढी घाइते   

रासस-एएफपी जनवरी ६, २०२२

मस्को, २२ पुस– कजाकिस्तानमा जारी अशान्तिमा एक हजारभन्दा बढी व्यक्ति घाइते भएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ।

‘कजाकिस्तानका विभिन्न क्षेत्रमा भएका दङ्गाका कारण १,००० भन्दा बढी व्यक्ति घाइते भएका छन्, तीमध्ये झण्डै ४०० जना अस्पतालमा भर्ना भएका छन् र ६२ जनालाई सघन उपचारमा राखिएको छ’, उपस्वास्थ्यमन्त्री अजहर गुइनियतले खबर–२४ टेलिभिजनमा सो बारे जानकारी दिएको रुसी समाचार एजेन्सी इन्टरफ्याक्स र टासले जनाएको छ ।

मस्को नेतृत्वको गठबन्धनले कजाकिस्तानमा सेना पठायो

मस्को नेतृत्वको सैन्य गठबन्धनले बिहीबार बढ्दो अशान्ति नियन्त्रण गर्न मद्दतका लागि अनुरोध गरेपछि कजाकिस्तानमा आफ्नो सेना पठाएको बताएको छ।

सामूहिक सुरक्षा सन्धि सङ्गठनको शान्ति सेनालाई अवस्था स्थिर र सामान्य बनाउन सीमित समयका लागि कजाकिस्तान गणतन्त्रमा पठाइएको रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाकले जनाएका छन् ।

यो तैनाथमा रूस, बेलारुस, आर्मेनिया, ताजिकिस्तान र किर्गिजस्तानको सशस्त्र बलको एकाइहरू, मस्कोको प्रभुत्व रहेको सिएसटिओका कजाकिस्तानका अन्य पाँच सदस्यहरू समावेश गरिएको छ।

विज्ञप्तिमा कति सेना पठाइँदैछ भनेर निर्दिष्ट गरिएको छैन तर रुसी दलमा देशको एयरबोर्न फोर्सका सदस्यहरू समावेश छन्।
सेनाको मुख्य कार्यहरू ‘महत्त्वपूर्ण राज्य र सैन्य सुविधाहरूको सुरक्षा र स्थितिलाई स्थिर बनाउन कानून र व्यवस्थाका बलहरूलाई सहयोग गर्नु हुनेछ’, विज्ञप्तिमा भनिएको छ।

यसले रूसी सेनालाई सैन्य विमानबाट कजाकिस्तानमा स्थानान्तरण गरिरहेको र अग्रिम इकाइहरूले ‘आवश्यक कार्यहरू पूरा गर्न पहिले नै शुरु गरिसकेको’ बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू