शुक्रबार, माघ ४, २०८१
14:03 | १९:४८

पोर्चुगल पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने दुई पक्राउ

रासस जनवरी ५, २०२२

काठमाडौं । नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका २४ वर्षीय समीर कार्कीलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कामदार भिसामा पोर्चुगल जानका लागि प्रतिव्यक्ति रु १४ लाख लाग्छ र पोर्चुगलमा पुगेपछि मासिक रु एक लाख कमाइ हुन्छ भनी उनीहरुले चार जनासँग १० लाखका दरले रु ४० लाख लिएर ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू