शुक्रबार, माघ ४, २०८१
14:05 | १९:५०

बेलायत आउनुअघि पिसिआर टेष्ट गर्नुपर्ने नियम शुक्रबारदेखि हट्ने

नेपाली लिङ्क जनवरी ५, २०२२


लन्डन । बेलायत सरकारले देश भित्रिने यात्रुहरुको लागि गर्दै आएको कडाइलाई थप खुकुलो पार्ने भएको छ । 

यसअघि लागू गरिएको बेलायत आउनुअघि पिसिआर टेष्ट अनिवार्य गर्नुपर्ने नियम यही शुक्रबारदेखि हटाइने भएको हो ।  

प्रधानमन्त्री बोरिस जोन्सनले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको बिस्तारसंगै लागू नियम अहिले सहि समयमा पुनरावलोकन गरिएको जनाएका छन् ।  

त्यस्तै, अबदेखि बेलायत आएको दोस्रो दिनमा गर्नुपर्ने पिसिआर टेष्ट पनि अनिवार्य नरहने भएको छ । जसको ठाउँमा सस्तो र सहज उपलब्ध ‘ल्याटेरल फ्लो टेष्ट’ गर्न सकिने बताइएको छ ।  

सरकारले घोषणा गरेको लचकता कोभिड खोपका दुवै डोज लगाएका व्यक्तिहरुका हकमा मात्रै लागू हुनेछ । 

पूर्ण रुपमा खोप लगाउनेहरुले अब बेलायत आएर आइसोलेसन बस्नु पनि नपर्ने भएको छ। यसअघि बेलायत आइपुगेको दोस्रो दिनको पिसिआर टेष्टको नेगेटिभ नतिजा नआएसम्म पर्खिनुपर्ने हुन्थ्यो।  

बेलायतले घोषणा गरेको नयाँ लचकतासंगै अब बेलायत भित्रिने र बेलायतबाट बाहिरिने यात्रुहरुको संख्या उल्लेख्य रुपमा बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू