बेलायत, अमेरिका, फ्रान्स र जर्मनीका विदेशमन्त्रीबीच वार्ता
वासिङ्टन–अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्ना फ्रान्सेली, जर्मन र बेलायतका समकक्षीहरूसँग युक्रेनसँगको तनावका साथै इरानको आणविक कार्यक्रमबारे अमेरिकी चासोका सम्बन्धमा रुसको समन्वयमा टेलिफोनमा छलफल गरेका छन् ।
विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले प्रेस विज्ञप्तिमार्फत् एन्टोनी जे ब्लिन्केनले आज फ्रान्सेली विदेश मन्त्री जीन–यवेस ले ड्रायन, जर्मन विदेश मन्त्री अन्नालेना बेरबक, र बेलायती विदेश मन्त्री एलिजाबेथ ट्रससँग कुरा गरेको बताएका छन् ।
उनीहरूले युक्रेन विरुद्ध कुनै पनि थप रुसी आक्रमणलाई रोक्न निरन्तर समन्वयको महत्त्वबारे छलफल गरेका छन् र साथै उनीहरूले युक्रेनको स्वतन्त्रता, सार्वभौमसत्ता, र क्षेत्रीय अखण्डताको लागि आफ्नो अटल समर्थन पनि पुनः दोहोरयाएका छन्।
संयुक्त राज्य अमेरिका र रुसले जनवरी १० मा हतियार नियन्त्रण र युक्रेनका विषयमा वार्ता गर्नेछन्। साथै नेटोसँग सुरक्षा ग्यारेन्टीका विषयमा वार्ता जनवरी १२ मा स्वीट्जरल्याण्डको जेनेभामा हुने अपेक्षा गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५