शुक्रबार, माघ ४, २०८१
14:58 | २०:४३

बेलायतमा महामारी शुरु भएपछिकै धेरै संक्रमित

रासस-सिन्ह्वा डिसेम्बर २९, २०२१


लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण शुरु भएदेखिकै सबैभन्दा बढी संक्रमित भएका छन् । यहाँ गत सोमबार मात्र कम्तीमा पनि १ लाख २९ हजार ४७१ जना संक्रमित भेटिएका छन् । 

बेलायत सरकारका स्वास्थ्य अधिकारीहरुका अनुसार सोमबार बेलायतमा कोरोनाका कारण १८ जनाको ज्यान गएको छ। यहाँ अहिलेसम्ममा १ करोड २३ लाख भन्दा बढी संक्रमित पाइएका छन्।

त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार २१ जनाको ज्यान गएको बताएका छन् ।

यहाँ पछिल्लो समय ओमिक्रोन संक्रमण पनि बढ्दै गएको छ । जसका कारण सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ ।

ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू