शनिबार, माघ ५, २०८१
04:59 | १०:४४

संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको आह्वान

रासस/सिन्ह्वा डिसेम्बर २८, २०२१

संयुक्त राष्ट्रसंघ, १३ पुस– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताका लागि आह्वान गरेका छन् ।

डिसेम्बर २७ मा पर्ने अन्तर्राष्ट्रिय महामारी दिवसको अवसरमाा गुटर्रेसले दिएको भिडियो सन्देशमा विश्वव्यापी एकता निर्माणले हरेक देशलाई आफ्नो ट्रयाकमा संक्रामक रोगहरू रोक्न लड्ने मौका दिने बताएका छन् ।

कोभिड १९ ले संक्रामक रोगले संसारभरि कत्तिको चाँडो फैलाउन सक्छ, स्वास्थ्य प्रणालीलाई कसरी छेउमा धकेल्छ र सम्पूर्ण मानवताको दैनिक जीवनलाई प्रभावित पार्छ भन्ने देखाएको संयुक्त राष्ट्रसंघका प्रमुखले बताए ।

गुटर्रेसले हाल सालैका सार्स, एभियन इन्फ्लुएन्जा, जिका, इबोला र अन्य स्वास्थ्य आपतकालबाट पाठहरु सिक्न नसकेको असफलता पनि प्रकट गरेका छन् ।

संक्रामक रोगहरु हरेक देशका लागि वर्तमान खतरा रहेको उल्लेख गर्दै गुटर्रेसले कोभिड–१९ मानवताका लागि अन्तिम महामारी नहुने बताए । विश्वले यस स्वास्थ्य संकटलाई प्रतिक्रिया दिँदा पनि अर्कोका लागि तयारी गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू