शनिबार, माघ ५, २०८१
05:09 | १०:५४

कोभिड संक्रमण बढ्न थालेपछि दिल्लीमा पुनः रात्रिकालीन निषेधाज्ञा

रासस/एएनआई डिसेम्बर २७, २०२१

नयाँ दिल्ली, १२ पुस– भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको संक्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट पुनः रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाउने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्टसँग जोडिएका संक्रमित विरामीको सङ्ख्या वृद्धि भएपछि सरकारले यो घोषणा गरेको हो । सरकारले सोमबारदेखि नै लागू हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो ।

पछिल्लो २४ घण्टामा दिल्लीका २९० थप व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ । उक्त संख्या पछिल्लो छ महिना यताकै सर्वाधिक भएको बताइएको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको छ भने यहाँ सक्रिय संक्रमितको संख्या एक हजार १०० भन्दा बढी छ ।

भारतमा पछिल्लो २४ घण्टामा करिब सात हजार नयाँ संक्रमणका घटना देखिएको संघीय सरकारद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

हालसम्म भारतमा ४०० भन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरिअन्ट संक्रमण पुष्टि भएका बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू