शनिबार, माघ ५, २०८१
05:20 | ११:०५

ओमिक्रोन संक्रमित बढेपछि इटालीमा प्रतिबन्ध घोषणा

रासस/सिन्ह्वा डिसेम्बर २४, २०२१

रोम ९ पुस– इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको पछिल्लो तथा घातक भनिएको ओमिक्रोन भेरियन्टका संक्रमण बढेको पाइएको छ ।
यहाँ प्रतिदिन यस्तो संक्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरुमा कडाइ गरिएको छ र यहाँका अधिकारीहरुले पहिलेजस्तै जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने नियम बनाएका छन् ।

पछिल्लो समयमा क्रिसमसका कार्यक्रमहरुमा बढी नागरिकहरुको आवतजावत र जम्मा हुने भएकाले त्यसमा कडाई गरिएको बताइएको छ ।

इटालीको मन्त्रीपरिषदले यहाँ क्रिसमस तथा नयाँ वर्षका अवसरमा जम्मा हुन पनि प्रतिबन्ध लगाएको छ । त्यसैगरी नागरिकहरु सार्वजनिक रुपमा भेला हुने कार्यमा पनि कडाई गरिएको यहाँको सरकारले जनाएको छ ।

सरकारले रात्री क्लब र डिस्कोमा आगामी जनवरी ३१ सम्मका लागि प्रतिबन्ध लगाएको छ । त्यस्तै दिउँसोको समयमा पनि धेरै जना व्यक्ति भेला हुन नपाउने नियम बनाइएको छ ।

यहाँ प्रत्येक दिन नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितहरु देखिने गरेका छन् । साथै पछिल्लो समयमा डेल्टा भेरियन्टको प्रकोप पनि बढ्दो देखिएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू