एमसीसी सम्झौताबारे कार्यदलले थाल्यो छलफल
काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे टुंगोमा पुग्न गठित सत्तारूढ गठबन्धनको कार्यदलको पहिलो बैठक आज बसेको छ ।
नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल निवास डल्लुमा आज बसेको बैठकमा सम्झौताबारे प्रारम्भिक छलफल सुरु भएको हो ।
प्रारम्भिक छलफल सकारात्मकरूपमा अगाडि बढेको कार्यदलका सदस्य एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सत्तारुढ गठबन्धनका दलहरूले एमसीसीबारे अन्य दलसँग छलफल गर्न र टुंगोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलमा एकीकृत समाजवादीका नेता खनाल, नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र सूचना तथा सञ्चार प्रविधिमन्त्री कार्की छन् ।
कार्यदलले संसद् बैठक सञ्चालन गर्नेदेखि संसद्मा विचाराधीन विभिन्न विषय अगाडि बढाउने सम्बन्धमा दलहरूसँग आवश्यक परामर्श र छलफल गर्ने कार्यादेश दिइएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५