बिहीबार, मंसिर १३, २०८१
07:49
|
१३:३४
पर्यटन बोर्डका सिइओ रेग्मी निलम्बित
रासस
डिसेम्बर १७, २०२१
काठमाडौं । नेपाल पर्यटन बोर्डको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बोर्डका प्रमुख कार्यकारी अधिकत (सीईओ) डा. धनन्जय रेग्मीलाई निलम्बन गरेको छ ।
बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बोर्ड बैठकले सिइओ रेग्मीलाई निलम्बन गरेको पर्यटनमन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
पदीय हैसियतको दुरुपयोग, नैतिक आचरण विपरित काम गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गरिएको जनाइएको छ ।
सिइओ रेग्मीले एक महिनाअघि बेलायतबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्सीको निहुमा भन्सारका कर्मचारीसँग झगडा गरेको विषय सञ्चार माध्यममा छाएपछि पर्यटन मन्त्रालयले उनलाई स्पष्टिकरण सोधेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ