शनिबार, माघ ५, २०८१
23:04 | ०४:४९

कांग्रेस १४औँ महाधिवेशन: चार हजार २९६ मत खस्यो

रासस डिसेम्बर १३, २०२१

नेपाली काँग्रेसको १४औँ महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा सोमबार मतदान गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर-रोशन सापकोटा, रासस

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा चार हजार २९६ मत खसेको छ । कांग्रेसको ११.४५ बजेदेखि सुरु भएको मतदानमा अहिले राति ९ बजेसम्म चार हजार २९६ मत खसेको हो । जम्मा १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदान व्यवस्था गरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा एक हजार ३८२ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण) मा दुई हजार ९१४ मत खसेको हो ।

निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।

१४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ छ ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा मतदान गर्न लाइनमा बसेका मतदाता । तस्बिर-रासस

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू