शनिबार, माघ ५, २०८१
07:50 | १३:३५

मेक्सिको सडक दुर्घटनामा कम्तीमा ५३ आप्रवासीको मृत्यु   

रासस-एएफपी डिसेम्बर १०, २०२१

टक्स्टला गुटिरेज । मेक्सिकोमा सडक दुर्घटनामा विहीबार कम्तीमा ५३ आप्रवासीको मृत्यु भएको छ । उक्त दुर्घटना ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा भएको हो ।

चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु हो । प्रारम्भिक रिपोर्ट अनुसार उक्त दुर्घटनामा अन्य ५८ जना पनि घाइते भएका छन् जसमध्ये तीनको अवस्था गम्भीर छ।

“अहिलेसम्म ५३ जनाको मृत्यु भइसकेको छ र तीन जना गम्भीर घाइते छन्,” स्थानीय कार्यालयले जनाएको छ । आप्रवासीहरू ट्रकमा ठोक्किदा उक्त दुर्घटना भएको नागरिक सुरक्षा अधिकारीहरूले पत्रकारहरूलाई भनेका छन् । “बाँचेकाहरूको बयान अनुसार, तिनीहरूमध्ये अधिकांश ग्वाटेमालाका हुन्,” लुइस म्यानुएल गार्सियाले भने।

चालकले गाडीको तीव्र नियन्त्रण गुमाएका कारण दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । स्थानीय टेलिभिजनहरूले ठूलो संख्यामा एम्बुलेन्सहरू, अग्निनियन्त्रकहरू र उद्धारकर्मीहरू दुर्घटनाग्रस्त गाडीको वरिपरि भेला भएको देखाएका छन् । साथै घाइतेहरू उपचारको पर्खाइमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू