शुक्रबार, माघ ४, २०८१
06:12 | ११:५७

बेलायतमा दुई नेपाली गहना पसल लुटिए

नेपाली लिङ्क डिसेम्बर १०, २०२१


लण्डन । बेलायतमा नेपालीहरूद्वारा सञ्चालित दुई गहना पसल लुटिएका छन्।

नेपालीहरुको बाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा रहेका अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलर्समा बिहीबार राती ३ बजेतिर लुटपाट भएको हो । 

स्थानीय रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेका अनुसार लुटेराहरुले गाडीले हानेर सटर फुटाएर गरगहना लुटेका थिए । प्रहरी आएपछि लुटेराहरुले प्रयोग गरेको गाडी घटनास्थलमै छाडेर भागेका छन् । 

लुटपाटबाट के कति क्षति भयो भन्ने स्पष्ट भइसकेको छैन । लुटिएका दुवै गहना पसल अहिले प्रहरीले घेरावन्दी गरेको छ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

बेलायतका विभिन्न क्षेत्रमा नेपालीका घरमा पनि बारम्बार गरगहना चोरी हुँदै आएको छ ।

तस्वीर: ह्यब अ मोमेन्ट 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू