शनिबार, माघ ५, २०८१
07:54
|
१३:३९
अमेरिकी राष्ट्रपति बाइडेन र रूसी राष्ट्रपति पुटिनले गरे वार्ता
रासस-सिन्ह्वा
डिसेम्बर ८, २०२१
वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन समस्या समाधानका लागि छलफल भएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलीभेनले दुई नेताबीच छलफल भएको पुष्टि गरे ।
सलीभेनका अनुसार सम्मेलनमा बाइडेनले युक्रेनको सार्वभौमिकता र भूखण्डको अक्षुण्णतालाई समर्थन गर्ने अमेरिकाको अडानलाई दोहोर्याएका थिए । युक्रेनलाई अतिरिक्त प्रतिरक्षात्मक प्रबन्ध उपलब्ध गराउने योजना अमेरिकाको छ ।
रूसी राष्ट्रपतिको प्रेस वेबसाइटमा पनि पुटिन र बाइडेनबीच बुधबार वार्ता भएको जानकारी गराइएको छ ।
भिडियो वार्तामा दुवै देशका नेताहरूले निरन्तर रूपमा सन् २०२१ को जुन महिनामा सम्पन्न भएको जेनेभा भेटवार्ताको उपलब्धिलाई व्यवहारमा उतार्दै जाने विषयबारे चर्चा भएको पनि बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५