शनिबार, माघ ५, २०८१
07:49
|
१३:३४
जर्मनीमा नयाँ चान्सलर निर्वाचित, १६ वर्षपछि बिदा भइन् मर्केल
रासस-एएफपी
डिसेम्बर ८, २०२१
जर्मनी । जर्मनीको चान्सलरमा ओलाफ स्चोल्ज निर्वाचित भएका छन् ।
वर्तमान अर्थमन्त्री समेत रहेका ओलाफलाई बुधबारको संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो ।
ओलाफ निर्वाचित भएसँगै वर्तमान चान्सलर एञ्जेला मर्केलको उत्तराधिकारी ओलाफको उदय भएको छ । अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्रि डेमोक्रेटस् (एफडीपी) सँग गठवन्धन गरेकाले उनी चान्सलर बन्ने सुनिश्चित पहिले नै भएको थियो ।
विदा हुन लागेकी चान्सलर मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म ओलाफ श्रम मन्त्री बनेका थिए । त्यसपछि उनी सन् २०१५ मा भाइस चान्सलर तथा अर्थमन्त्री बनेका हुन् ।
झण्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर भएर मर्केलले विदा लिन लागेकी हुन् । चान्सलर रहंदा मर्केल सधैँ विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आएकी थिइन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५