बेलायतमा निर्मित ‘हेल्लो जीन्दगी’ मा विक्रम र दीपिका


लन्डन । कोरोना महामारीको असर अझै नसकिए पनि चलचित्र क्षेत्रले बिस्तारै गति लिन थालेको छ । चलचित्र निर्माण हुने क्रम बढेको छ ।
हाल लन्डनमा छायांकन भइरहेको नेपाली कथानक चलचित्र ‘हेल्लो जीन्दगी’ को काम तीव्र रुपमा अघि बढेको चलचित्रकर्मी सनमकुमार बैरागले जानकारी दिए ।
भारतको मुम्बइबाट आएका प्रतिष्ठित डान्स कोरियोग्राफर विष्णु देवाको कोरियोग्राफीमा गीत छायांकन भइरहेको बैरागले बताए ।
विष्णु देवाले यसअघि नेपाली कथानक चलचित्र ‘पासवर्ड’ मा भारतीय अभिनेत्री सन्नी लियोनीका साथमा नायक विक्रम जोशीको डान्स कोरियोग्राफी गरि व्यापक चर्चा पाइसकेका छन् ।
नेपाली चलचित्र उद्योगमा छोटो समयमा लोकप्रिय बनेकी नायिका दीपिका प्रसाईंका साथमा चलचित्र ‘पासवर्ड’ बाट आफ्नो परिचय स्थापित गरिसकेका नायक विक्रम जोशी लण्डनको चिसो मौसममा अत्यन्त जोशकासाथ् अभिनय गरिरहेका छन्।
शून्यबाट उठेर एक व्यक्ति कसरी बेलायतको गन्यमान्य धनाढ्य बन्छ र एक सुन्दरीको सौन्दर्य र मायामा कसरी लिप्त हुन्छ भन्ने कथा चलचित्रमा छ । त्यसपछिका घट्नाक्रम विश्वास नै गर्न नसकिने कथा चलचित्रमा समेटिएको चलचित्रकर्मी बैरागले बताए ।
हेल्लो जिन्दगीमा नायक विक्रम जोशीका साथ दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन विक्रम राई, विक्रान्त बस्नेत लगायत छन् । एक गीतमा भने बेलायतकै क्रियाशील नायिका विभिया श्रेष्ठको पनि नृत्य हेर्न पाइनेछ । सो चलचित्रको निर्माता हिरल जोशी तथा कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन छन् भने चलचित्र निर्देशन एभरेष्ट सूर्य बोहराको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५