एनपीसीसी यूके सभापतिमा ५ जनाको उम्मेदवारी
लण्डन । नेपाली काँग्रेसको प्रवासस्थित भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति (एनपीसीसी) यूकेको यही शनिबार हुन लागेको अधिवेशनमा ५ जनाले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिका संयोजक डा. सम्पूर्णानन्द ढुंगानाका अनुसार वर्तमान सभापति युवराज गुरुङ, उपसभापति युवराज सिंह, महेश दाहाल, कोपिला सुब्बा र कार्यसमिति बाहिरबाट रिचार्ड गुरुङले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
डा. ढुंगानाले उम्मेदवारीमाथि दावी विरोध गर्ने समय शुक्रबार दिउंसो ३ बजेसम्म रहेको जनाए। उनले सो अवधिमा सर्वसम्मतिको प्रयास पनि जारी रहने बताए।
नेपाली जनसम्पर्क समिति बेलायतको पांचौं अधिवेशन यही २७ नोभेम्बर शनिबार लन्डन साउथ ह्यारोमा हुंदैछ ।
समितिको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री लगायतका पदमा उम्मेवारी परेको डा. ढुंगानाले जनाए ।
केहि पद निर्विरोध भएको पनि उनले जानकारी दिए।
आउंदो डिसेम्बर महिनामा काठमाडौँमा हुन गैरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अगाडी बेलायतमा जनसम्पर्क समिति यूकेको अधिवेशन हुन लागेको हो ।