लन्डनमा गायक राजु लामा संगै झुमे नेपाली
स्पटेड डग पब र गाउँले चुल्होले संयोजन गरेका थिए 'राजु लामा साँझ'


लन्डन । एचके नाइट २०२१ मा प्रस्तुति गर्न बेलायत आएका लोकप्रिय गायक राजु लामा नेपाल फर्किएका छन् ।
करिब दुई साता लामो बेलायत बसाइ सकेर उनी गत आइतबार फर्किएका हुन् ।
नेपाल फिर्तीको पूर्व सन्ध्यामा गायक लामाले लन्डनका दर्शकमाझ प्रस्तुति गरे । शनिबार बेलुका लन्डन बार्किङको स्पटेड डग पबमा झन्डै सवा सय नेपालीको उपस्थितिमा उनले आफ्ना लोकप्रिय गीतहरु सुनाए ।
स्पटेड डग पब र गाउँले चुल्होले संयोजन गरेको राजु लामा साँझमा दर्शकले राजु लामासंगै सिक्का ब्यान्डको प्रस्तुतिबाट पनि मनोरञ्जन लिए । साथमा डिजे हेम विष्टले पनि दर्शकलाई भरपूर नचाएका थिए ।
पारिवारिक माहोलमा सम्पन्न कार्यक्रममा दर्शकले गायक लामासंगै तस्विर खिचाउने र उनीसंगै गाउने, नाच्ने अवसर पनि पाए ।
पबका सञ्चालकमध्येका एक व्यवसायी दीपक श्रेष्ठले व्यवसायिक उद्धेश्यले नभइ गायक लामाको सम्मानका लागि कार्यक्रम गरिएको बताए । बेलायत आएका लोकप्रिय गायकसँग आफ्ना ग्राहकहरुलाई पारिवारिक वातावरणको जमघट जुराउन खोजिएको पनि उनले जानकारी दिए ।
त्यसअवसरमा स्पटेड डग पब तथा गाउँले चुल्होका सञ्चालकहरु दीपक श्रेष्ठ, अर्जुन शाही, सुजन श्रेष्ठ, धनराज मल्ल, रोशन थापा, शरद श्रेष्ठ, मो सरिफ,विष्णु थापा लगायतले गायक लामालाई सम्मान गरेका थिए ।
कार्यक्रममा मास्टर सेफ प्रोफेसनल्सका फाइनालिस्ट सेफ सन्तोष शाहसंगै सन्तोष मण्डल, किरण गुरुङसहितका व्यवसायीहरु, सचिन श्रेष्ठ, प्रसिद्ध प्रधान, लछुमन गुरुङ, सुवास घोताने, सुरोज मास्के, माधव श्रेष्ठ, लक्ष्मी राई लारा, श्रद्धा थापा, अञ्जना थापा, बानु गुरुङ, अर्चना गुरुङ, कान्ति गुरुङ श्रेष्ठसहित बेलायतको नेपाली समुदायका कयौं अभियन्ता, पत्रकार लगायतको उपस्थिति थियो ।
नोभेम्बर पहिलो साता बेलायत आइपुगेका गायक लामाले नोभेम्बर १२ मा अल्डरसटको एम्पायर हलमा सयौं दर्शकमाझ एचके नाइटमा प्रस्तुति गरेका थिए । उनलाई अर्का लोकप्रिय गायक सञ्जिप प्रधानका साथै बेलायतस्थित सिक्का ब्यान्ड, दाजुभाइ ब्यान्ड र डिजे एसकाजीले पनि साथ दिएका थिए ।
सुवास घोताने नेतृत्वको एचके युथ यूकेको आयोजनामा सम्पन्न कार्यक्रमको प्रमुख प्रायोजक वाटरमेलन मोर्गेजेज थियो ।
बेलायतमा रहंदा गायक लामाले यहाँस्थित नेपाली दर्शक, श्रोताबाट न्यानो स्वागत, सम्मान पाएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५