शनिबार, माघ ५, २०८१
01:58 | ०७:४३

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो

रासस नोभेम्बर १९, २०२१

प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बालुवाटामा नेकपा (एमाले) का नेता सुवासचन्द्र नेवाङ र राजन भट्टराईले एमालेको महाधिवेशनको निमन्त्रणा दिँदै । तस्वीर- रोशन सापकोटा, रासस

काठमाडौँ–नेकपा (एमाले) ले आगामी महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगी प्रधानमन्त्री देउवालाई एमालेका संसदीय दलका नेता सुवास नेम्वाङ र महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा राजन भट्टराईले उद्घाटन समारोहमा आतिथ्यका लागि निमन्त्रणापत्र हस्तान्तरण गरेको एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदैछ । उनका अनुसार एमालेले उद्घाटन समारोहमा आतिथ्यका लागि नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), नेपाल मजदुर किसान पार्टीलाई पनि निमन्त्रणा गरेको छ ।

आजै महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई समेत निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् ।

प्रचार विभाग उपप्रमुख थापाले चाँडै नै जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य सबै पार्टीलाई महाधिवेशनका लागि निमन्त्रणा गर्ने जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू