शुक्रबार, माघ ४, २०८१
19:42 | ०१:२७

एचआईभी संक्रमित अब दैनिक औषधि सेवनबाट मुक्त

नेपाली लिङ्क नोभेम्बर १८, २०२१

लन्डन । एचआईभी संक्रमण भएका मानिसहरूले अब दैनिक रुपमा सेवन गर्ने औषधिको झंझटबाट मुक्त हुने भएका छन् । उनीहरूको अवस्था व्यवस्थापन गर्न अब नयाँ ‘लङ एक्टिङ इन्जेक्सन’ लाई मान्यता दिइएको छ ।

यदि एचआइभी संक्रमितले चाहेमा दैनिक सेवन गरिने औषधिको सट्टा अब नयाँ ‘लङ एक्टिङ इन्जेक्सन’ प्रयोग गर्न सक्नेछन् । परोपकारी संस्थाहरूले एनएचएस ड्रग्स वाच डग  ‘नेशनल इन्स्टिच्युट फर हेल्थ एण्ड केयर एक्सिलेन्स’ को स्वीकृतिको स्वागत गरेका छन् ।

एचआइभी संक्रमितको लागि मान्यता पाएको उक्त नयाँ इन्जेक्शनका कारण इंग्ल्याण्डमा करिब १३ हजार मानिस लाभान्वित हुने बीबीसीले जनाएको छ ।

लन्डनको क्वीनमेरी युनिभर्सिटीका एचआईभी विशेषज्ञ प्रोफेसर क्लो ओर्किनले भनेका छन्, ‘यसले एचआईभी भएका मानिसहरूलाई दैनिक ओरल थेरापीको बोझबाट छुटकारा दिनेछ र उनीहरूलाई प्रति वर्ष छ मात्रा इन्जेक्शन दिइनेछ ।’

यो इन्जेक्शन निकै सुविधाजनक हुने विज्ञहरुको ठहर छ । युरोपियन एड्स क्लिनिकल सोसाइटीका अध्यक्ष डा सञ्जय भगानीले यसलाई साँच्चै ‘स्वागतयोग्य’ भनेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू