पोखरेली मञ्च यूकेले तय गर्यो वार्षिक कार्यक्रम, पोखरा म्याराथन सहयोगार्थ च्यारिटी गरिने
लन्डन । पोखरेली मञ्च यूकेले आउंदो वर्षका लागि संस्थाका विभिन्न कार्यक्रमहरु तय गरेको छ ।
मञ्चका अध्यक्ष मानप्रसाद गुरुङको अध्यक्षतामा आइतबार सम्पन्न भर्चुअल बैठकले संस्थाका नियमित वार्षिक कार्यक्रमहरुको मिति तय गरेको हो ।
अध्यक्ष गुरुङका अनुसार बैठकले आगामी जनवरी २९ शनिबारका दिन पोखरा अन्तराष्ट्रिय म्याराथन सहयोगार्थ एक च्यारिटी कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बेजिङस्टोकमा च्यारिटी डिनर आयोजना गरी म्याराथनको लागि कोष संकलन गरिनेछ । वर्षेनी पोखरामा आयोजना हुने यस म्याराथनको अन्तराष्ट्रिय साझेदारका रुपमा पोखरेली मञ्च यूकेले हरेक वर्ष सहयोग प्रदान गर्नुका साथै बेलायतबाट समेत सहभागिता गराउंदै आएको छ ।
त्यस्तै, आउंदो मार्च २६ तारिख शनिबार बेजिङस्टोकमै संस्थाको अधिवेशन गरिने भएको छ । अधिवेशनार्फत् नयाँ कार्यसमिति चयन गर्न बैठकले एकेन्द्र गुरुङको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । समितिमा एक पुन, विक्रम भट्टराई र प्रेम विक सदस्य छन् ।
यसैगरी, मेजर खुशीमान गुरुङ एमभिओ (वेल्स) को संयोजकत्वमा हरिकुमार गुरुङ (काजी) र हरि श्रेष्ठ सदस्य रहेको विधान समिति गठन गरिएको छ ।
बैठकले पोखरेली मञ्च यूकेको खेलकुद अक्षय कोष गठन गरेको छ । कोषको संयोजकमा मेजर खुशीमान गुरुङ एमभिओ र सदस्य सचिवमा लालप्रसाद गुरुङलाई जिम्मेवारी दिइएको छ ।
प्रमुख मेजर खुशीमान गुरुङ एमभिओ (वेल्स) को संयोजकत्वमा हरिकुमार गुरुङ (काजी) र हरि श्रेष्ठ सदस्य रहेको विधान समिति गठन गरिएको छ ।
बैठकले पोखरेली मञ्च यूकेको खेलकुद अक्षय कोष गठन गरेको छ । कोषको संयोजकमा मेजर खुशीमान गुरुङ एमभिओ र सदस्य सचिवमा लालप्रसाद गुरुङलाई जिम्मेवारी दिइएको छ । मञ्चले पोखरास्थित विशेष सल्लाहकारमा मेजर लक्ष्मीप्रसाद गुरुङ एमभिओलाई मनोनित गरेको छ ।
बैठकले नेपाली नयाँ वर्षको अवसरमा आगामी अप्रिल १६ मा बेजिङस्टोकमा नयाँ वर्ष दौड आयोजना गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, मञ्चले हरेक वर्ष आयोजना गर्दै आएका दुई ठूला कार्यक्रम नेपाल कप टी-ट्वान्टी क्रिकेट र ‘हाइक फर्क नेपाल इन वेल्स’ लाई आगामी वर्ष पनि निरन्तरता दिइने भएको छ ।
नेपाल कप टी-ट्वान्टी क्रिकेट जुलाइ पहिलो हप्ता रेडिङमा आयोजना हुनेछ भने हाइक फर्क नेपाल अगस्ट ४ देखि ७ सम्म वेल्समा सञ्चालन हुनेछ ।
बैठकमा पोखरेली मञ्च यूके उपाध्यक्ष श्रीमती अम्बिका खड्काका पिता स्व डम्बरबहादुर केसी र मञ्चका आजीवन सदस्य धनु थकालीको निधनमा दु:ख व्यक्त गर्दै एक मिनेट मौनधारण पनि गरिएको थियो ।
बैठकमा मञ्चका अध्यक्ष मानप्रसाद गुरुङसहित कार्यसमितिका पदाधिकारी एवम् सल्लाहकारहरुको सहभागिता थियो ।