शुक्रबार, माघ ४, २०८१
19:48 | ०१:३३

जीआरएनसीको १० औं कार्यसमितिमा पदपूर्ति

नेपाली लिङ्क नोभेम्बर १३, २०२१


लण्डन । ग्रेटर रस्मोर नेपाली कम्युनिटी (जीआरएनसी) को १० औं कार्यसमितिको शनिबार १३ नोभेम्बरमा सम्पन्न पहिलो बैठकले विभिन्न रिक्त पदपूर्ति गरेको छ।

बैठकले सह-कोषाध्यक्ष जीत मेयाङ्बो, सदस्यहरु अनुशा गुरुङ, डा विशाल गुरुङ, सरोज केसी, किशोर चन्द, एज्रा श्रेष्ठ, भावना लिम्बु, रोशनी गुरुङ, सुमन पुन र सुशीला मगर, सोशल मेडिया सूर्यमान गुरुङ तथा मिलन गुरुङलाई मेडिया-फोटोग्राफीको जिम्मा दिने निर्णय गरेको छ ।  

पदपूर्ति गरिएका सदस्यहरुलाई अध्यक्ष मान गुरुङले खादा लगाई स्वागत गरेका थिए । 

उक्त कार्यक्रममा नयाँ सदस्यहरुलाई अध्यक्ष गुरुङले समाजको स्थापना, च्यारिटी दर्ता, विकास, उद्देश्य, भावी कार्यक्रम, रणनीति, योजना, उपलब्धि, चुनौती, सुधार आदिबारे जानकारी गराएका थिए ।  

बैठकले कार्यसमितिको सुझाव अनुसार ३० जना सल्लाहकार नियुक्ति गर्ने निर्णय गरेको छ । सल्लाहकारहरुलाई १९ फेब्रुअरी २०२२ मा औपचारिक स्वागत गर्ने कार्यक्रम छ। 

बैठकमा उपाध्यक्ष उत्तर गुरुङले रिमेम्बरेन्स सन्डे १०:३० बिहान प्रिन्सेस गार्डेनमा हुने जानकारी गराए । सो अवसरमा केहि सदस्यहरु अल्डरसट सिमेट्रीमा बेलुकी ४ बजे लोकल ब्रिटिश भेटेरानको निमन्त्रणामा उपाध्यक्ष गुरुङको संयोजनमा सहभागी हुँदैछन् । 

साथै उक्त बैठकमा भोलुन्टीयर, रेस्पोन्डर, नेपाली न्यू एअर, नेपाली भाषा, नाच, अफिश , वृद्धवृद्धाहरुको सहयोग जस्तै मानसिक स्वास्थ्य, आवास, नेपाली इन्टरप्रिटर, आर्थिक सहयोग, डेटा तथा समाजलाई कसरी माथि लैजाने भन्नेबारे गहन छलफल भयो । 

उक्त कार्यक्रम महासचिव हरि गुरुङले संचालन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू