शुक्रबार, माघ ४, २०८१
18:59 | ००:४४

बेलायतमा कोरोना संक्रमण युरोपकै उच्च

नेपाली लिङ्क नोभेम्बर १२, २०२१

लन्डन । कोरोना संक्रमणका आधारमा बेलायत युरोपमै अग्र स्थानमा छ । बेलायतमा महिनौँ अघिदेखि दैनिक ४० हजारको हाराहारीमा संक्रमित थपिने गरेको छ । यहाँ पछिल्लो एकसातामा दुई लाख ४८ हजार भन्दा बढी संक्रमित फेला परेको तथ्यांकले देखाएको छ ।

बेलायतमा पछिल्लो २४ घन्टामा थप ४० हजार ३७५ जना नयाँ संक्रमित भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यहाँ कुल संक्रमितको संख्या ९४ लाख ८७ हजार ३०२ पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा १४५ जना संक्रमितको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४२ हजार ६७८ पुगेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घन्टामा ९९३ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ८ हजार ६५२ छ । यस्तै ९९९ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १० करोड ८२ लाख ७९ हजार ८३२ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड ४ लाख ९१ हजार ७०१ जना अर्थात ८७.८ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५९ लाख ६४ हजार ४८८ जना अर्थात ७९.९ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

यसैगरी खोपको तेस्रो अर्थात बुष्टर डोज लगाउनेको संख्या पनि एक करोड १८ लाख २३ हजार ६४३ पुगेको छ । २० प्रतिशत भन्दा बढीले बुष्टर डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू