बिहीबार, फागुन २२, २०८१
प्रधान सेनापति र भारतीय सेनाध्यक्षबीच भेटवार्ता


रासस
नोभेम्बर ९, २०२१

मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी प्रभुराम शर्माले भारतीय सेनाध्यक्ष जनरल एमएम नरवणेसँग भेटघाट गर्दै । तस्वीर-सौजन्य नेपाली सेना, रासस
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच भेटवार्ता भएको छ । उनीहरूबीच भएको भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त छलफलपश्चात प्रधान सेनापति महारथी शर्मामा भारतीय सुरक्षा अवधारणाबारे प्रस्तुतीकरणसमेत गरिएको जानकारी दिइएको छ । शर्माले यसअघि राष्ट्रिय समर स्मारकमा वीर शहीदको सम्मानमा पुष्प गुच्छा अर्पण गरे । प्रधानसेनापति शर्माको सम्मानमा साउथ ब्लक लाउन्जमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५