शनिबार, माघ ५, २०८१
04:54 | १०:३९

राष्ट्रपति भण्डारीबाट तीन प्रदेश प्रमुख नियुक्त   

रासस नोभेम्बर ९, २०२१

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को कात्तिक २२ गते बसेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ उपधारा २ बमोजिम प्रदेश नं १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिममा बाजुराका देवराज जोशीलाई आज नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ अनुसार यसअघिका प्रदेश प्रमुख पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि प्रदेश एकमा सोमनाथ अधिकारी, कर्णाली गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू