मलेसिया र सिंगापुरले हवाई यात्रुका लागि क्वारेन्टिन हटाउने
क्वालालम्पुर, कार्तिक २२– मलेसिया र सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेनको शुभारम्भसँगै दुई देशहरू बीच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टिन अनिवार्यतालाई हटाएको मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले सोमबार बताएका छन् ।
मलेसियाको प्रधानमन्त्री कार्यालय र सिंगापुरको प्रधानमन्त्री कार्यालयबाट जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार नोभेम्बर २९ बाट लागू हुने उक्त सम्झौताको अर्थ विछोडिएका परिवारहरूलाई पुनर्मिलन हुने अवसर प्रदान गर्नु हो।
दुवै देशले आ-आफ्ना जनतालाई खोप लगाउन र कोभिड-१९ महामारीको व्यवस्थापनमा गरेको महत्वपूणर् प्रगतिलाई ध्यानमा राख्दै प्रधानमन्त्रीहरूले क्रमशः सीमापार यात्राहरू पुनः सञ्चालन गर्न समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका छन् ।
सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेनले क्वालालम्पुर इन्टरनेशनल एयरपोर्ट र सिंगापुरको चाङ्गी एयरपोर्टबाट मात्र हवाई यात्रालाई समेट्नेछ । यद्यपि दुई देशलाई जोड्ने अन्य मार्गलाई पुनः सञ्चालन गर्न भने थप वार्ता आवश्यक हुने बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५