चीनद्वारा अमेरिकी प्रतिवेदनको दृढतापूर्वक विरोध
बेइजिङ । चिनियाँ रक्षा प्रवक्ताले शुक्रबार अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको चीनको सैन्य विकाससम्बन्धी हालैको प्रतिवेदनप्रति कडा असन्तुष्टि जनाउँदै दृढतापूर्वक विरोध गरेका छन् ।
रक्षा मन्त्रालयका प्रवक्ता वु कियानका अनुसार प्रतिवेदनले तथ्यलाई बेवास्ता गरेको छ र पूर्वाग्रहग्रस्त छ।
उनले प्रतिवेदनले तथाकथित “चिनियाँ सैन्य खतरा” बारे तथ्यहीन टिप्पणी गरेको र चीनको आणविक क्षमता निर्माणमा आधारहीन आरोप लगाएको आरोप लगाएका छन् ।
त्यसैगरी ताइवान र अन्य मुद्दाहरू समावेश गर्ने चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै उनले यो विषयलाई चीनले गम्भीर रूपमा लिएको उल्लेख गरेका छन् ।
वुले चीनको सैन्य विकासमा देशको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्ने उद्देश्य निहित रहेको जनाउंदै भनेका छन्, ‘यसले कुनै देशलाई लक्षित गर्दैन र कुनै पनि देशप्रति खतरा पनि छैन ।’
‘संयुक्त राज्य अमेरिका विश्वमा आणविक खतराको सबैभन्दा ठूलो स्रोत हो’, वुले थपे । उनले विश्वमा एउटा मात्र चीन रहेको र ताइवान चीनको अविभाज्य अंग भएको पुनः दोहोर्याएका छन् ।
ताइवानमा बढ्दो तनाव मुख्यतया डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीले “ताइवान स्वतन्त्रता” खोज्ने विदेशी समर्थनका कारण भएको आरोप उनको छ ।
चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा चीनलाई धम्की दिने कुनै पनि प्रयास पीपुल्स लिबरेशन आर्मीले बनाएको स्टिलको ठूलो पर्खाल अगाडि असफल हुने निश्चित रहेको वुले दाबी गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५